नेपालमा थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ८०९ जनामा संक्रमण,कुन जिल्लमा कति थपिए संक्रमित 

काठमाडौं,मंसिर १५ ।नेपालमा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको हो ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९३१ रहेको छ ।

 

यो सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।

कुन जिल्लमा कति थपिए संक्रमित 

पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा मात्र ८०९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै काठमाडौंमा ६१५, ललितपुरमा १२५, मोरङमा ८२, भक्तपुरमा ६९, सुनसरीमा ५०, झापा र दाङमा ४९/४९, चितवनमा ३७, रुपन्देहीमा ३६, सिन्धुपाल्चोक र कास्कीमा २९/२९, ताप्लेजुङ, मकवानपुर र सुर्खेतमा २४/२४ जना, गोरखामा १६, धनुषामा १४, सप्तरी, नवलपरासी पूर्व र स्याङ्जामा १२/१२, उदयपुर, धादिङ, सिन्धुपाल्चोक र म्याग्दीमा १०/१०, बाँकेमा ८, सिराहा र पाल्पामा ७/७, नुवाकोटमा ६ र इलाम, नवलपरासी, दैलेख, सल्यान र बाजुरामा ५/५ जना ,धनकुटा, संखुवासभा, सोलुखुम्बु, सर्लाही, रामेछाप, कपिलवस्तु, प्युठान, जाजरकोट र अछाममा ४/४, बारा, रौतहट, लमजुङ, गुल्मी र जुम्लामा ३/३, पाँचथर, दोलखा, तनहुँ, अर्घाखाँची र डडेल्धुरामा २/२ र तेह्रथुम, भोजपुर, महोत्तरी, सिन्धुली, पर्वत, मुस्ताङ, बागलुङ, बर्दिया, रोल्पा, रुकुम पश्चिम, कञ्चनपुर र डोटीमा १/१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।