बाजुराको स्वामीकार्तिका गाउँपालिकालाइ जन-स्वास्थ्य निरिक्षक सुशान्त शाहीले गरे स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं,मंसिर १५। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकालाइ जन-स्वास्थ्य निरिक्षक सुशान्त शाहीले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्। सोही गाउँपालिका वडा नं.५ मा जन्मीएर हाल काठमाडौंलाइ कर्म थलो बनाइ स्वास्थ्य क्षेत्रमा योगदान दिर्दै आएका सुशान्त शाहीले विभिन्न स्वास्थ्य सामाग्री गाउँपालीकाका अध्यक्षलाइ हस्तान्तरण गरिएको बताएका छन्।

 

  नोबेल कोरोना भाइरस (कोभिड १९) ले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वनस्थ्यकर्मीकाे उच्च मनबल हाेस् भनेर सानाे भए पनि स्वास्थ्य सामाग्री सहयाेग गरेको उनले बताएका छन् ।

 

गाँउपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चाैकीकाे लागी,गाउन २५ थान, मास्क सर्जिकल १५०० थान, सेनिटाइजर ५०० एमएल का १० बाेतल ,एन ९५ मास्क ४० थान ,आइ.आर थर्माेमिटर २ थानसहित विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराइएको उनले जानकारी दिएका छन्।

 

 जन-स्वास्थ्य निरिक्षक सुशान्त शाहीकाे पहलमा स्वास्थ्य सामाग्री गाउँपालीकालाइ हस्तान्तरण गरिएकाे थियाे। आगामी आउने दिनमा पनि यसरी नै गाउँपालिकामा सेवा दिएर बसेका स्वास्थ्यकर्मीलगाएतका सम्पूर्णलाइ आफुले सक्ने सहयाेग गर्ने शाहीले जनाएका छन्।