आज मिति २०७७ साल मंसिर १६ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा-विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे –घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो -आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु-आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमापनि सङ्कट आउन सक्छ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । मनोरन्जनमा सहभागिता भईएला । प्रेममा मधुरता छाउनेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ । पारिवारीक झमेला रहला । – ज्यो।प। नारायणप्रसाद दुलाल