नेपालमा थप १४९० जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ७२३ जना संकेमित,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,मंसिर १७ ।नेपालमा थप १४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् ।

 

यो सँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । उनीहरुमध्ये २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १५३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर १६ हजार ५४७ सक्रिय संक्रमित छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

 

काठमाडाैं उपत्यकामा मात्र ७२३ जनामा काेराेना भइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा २९ र सुनसरीमा २४ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धुनषामा ९, पर्सामा ५, बारामा ३, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ३१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा ४८, दोलखामा ५, धादिङमा १६, नुवाकोटमा २३, भक्तपुरमा ५८, मकवानपुरमा १८, रामेछापमा १३, ललितपुरमा १३४, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५८, गोरखामा २१, तनहुँमा १४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, लमजुङमा २३, वागलुङमा ३ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६९, नलवपरासीमा ६, पाल्पामा १९, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २२, रोल्पामा १ र रुपन्देहीमा २८ जनामा कोरोना पाइएको छ।

 

गत २४ घण्टामा कर्णाली प्रदेशको रुकुम पश्चिममा ४ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ११, कञ्चनपुरमा १७, कैलालीमा ११२, डडेल्धुरामा १, दार्चुलामा १, बझाङमा ६ र बाजुरामा ८ कोरोना भेटिएको छ।