आज फेरि सुन,चाँदीको मूल्य बढ्यो, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं,मंसिर १८। नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोलामा १ हजार ६ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

तेजावी सुन तोलाको ९२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।