नेपालमा थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,मंसिर १८ ।नेपालमा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२८७ पीसीआर परीक्षणमा १३४३ जना संक्रमित भेटिएका हुन् ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २१११ रहेको छ । हालसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

 

हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म १५५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, खोटाङमा १, झापामा ६७, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा १ सय २८, संखुवासभामा १५ र सुनसरीमा ५६ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धुनषामा १४, पर्सामा ४, बारामा ४, महोत्तरीमा १, सप्तरीमा १५, सर्लाहीमा ५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ५५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा ३२, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा २६, मकवानपुरमा १४, रसुवामा १२, ललितपुरमा ८० र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा ९, तनहुँमा १९, नवलपरासी पूर्वमा ५, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा १७, बागलुङमा १२ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ४०, नलवपरासीमा ७, पाल्पामा १३, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा २७, रुकुम पूर्वमा १, रोल्पामा १ र रुपन्देहीमा ४१ जनामा कोरोना पाइएको छ।

 

कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ७, दैलेखमा १, रुकुम पश्चिममा ४ र सुर्खेतमा १ जनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ११, कञ्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा १२, डोटीमा ५, बझाङमा ४ र बैतडीमा २ कोरोना भेटिएको छ।