नेपालमा थप १२७२ जना कोरोना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित  

काठमाडौं,मंसिर १९ ।नेपालमा थप १२७२ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०४१ वटा पीसीआर परीक्षणमा १२७२ संक्रमित भेटिएका हुन् ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५७५ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित  

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४०, ललितपुरमा १२५, कास्कीमा ७९, मोरङमा ६१, भक्तपुरमा ४१, अछाममा ४०, रुपन्देही र सुनसरीमा ३६/३६, झापा र बाँकेमा ३०/३०, चितवनमा २९, नवलपरासी पूर्वमा २८, कैलालीमा २४, दाङ र गुल्मीमा २१/२१ जना, काभ्रेपलाञ्चोक र पाल्पामा १९/१९, धनुषामा १३, मकवानपुरमा १२, स्याङ्जा र डडेल्धुरामा ११/११, दोलखामा १०, म्याग्दी, नवलपरासी पश्चिम, सिराहा र दार्चुलामा ९/९, इलाममा ८, गोरखा, बर्दिया, सिन्धुपाल्चोक र कञ्चनपुरमा ७/७ जना ,प्युठान, धादिङ, बारा र अर्घाखाँचीमा ५/५, सर्लाहीमा ४, बाग्लुङ, डोटी, संखुवासभा, तनहुँ र उदयपुरमा ३/३, दैलेख, लमजुङ, नुवाकोट, सप्तरी, बैतडी, धनकुटा र रामेछापमा २/२, ताप्लेजुङ, तेह्रथुम, रौतहट, रोल्पा, कपिलवस्तु, पर्वत, महोत्तरी, सिन्धुली, पर्सा, खोटाङ र ओखलढुंगामा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।