यस्तो छ, आजको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर २०।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिनजारी गरेको छ।

हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापीय प्रणालीको विकास भएको छ । हाल देशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

 

देशका बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका बाँकी स्थानहरुको मौसममा आंशिक बदली हुनेछ ।

 

त्यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

आज राती पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी स्थानहरुको मौसममा आंशिक बदली रहनेछ ।

 

प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।