मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले जितिन्

काठमाडौं,मंसिर २० । मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२० को उपाधि उचालेकी हुन् ।

 

होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् ।

 

मिस नेपाल इन्टरनेसनल–२०२० सन्ध्या शर्मा र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ भएका छन् ।कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको प्रतिस्पर्धा आज सम्पन्न भएको हो ।