लकडाउनले यसरी हाम्रो सम्बन्धविच्छेद गरायो

एजेन्सी । ब्रजिलमा कोरोना भाइरस महामारी बनेर फैलिनुअघि रिचर्ड र राफेलाको वैवाहिक जीवन सामान्य थियो। दुई सन्तानसहित उनीहरू आनन्दपूर्वक जीवनयापन गरिरहेका थिए। तर लकडाउन सुरु भएपछि उनीहरूको सम्बन्धमा तिक्तता देखिन थाल्यो। अन्ततः उनीहरू छुट्टिएर बस्न थाले र सम्बन्धविच्छेद पनि भयो।

 

लकडाउनमै कसैको श्रीमानले अर्की प्रमिका राखेको थाहा पाए भने कसैको श्रीमतीले प्रेमि। लकडाउनमा धेरै भन्दा धेरै समय सँगसँगै बिताउनु पर्ने भएकाले एकअर्का बीच लुकाइएका गोप्य कुरा बाहिर आएको उनीहरुले बताएका छन्।

 

लकडाउन सुरु भएदेखि विश्वभरि धेरै दम्पतीहरू आफ्नो सम्बन्ध बिग्रिएकाले मनोपरामर्श लिन गएको दुईवटा अन्तर्राष्ट्रिय संस्थाले बीबीसीलाई बताएका छन्।

 

पचासवटाभन्दा बढी देशमा कार्यरत थेरपिस्टहरूको संस्था इन्टरन्याश्नल असोसीएशन फर म्यारिज एन्ड फ्यामिली काउन्सिलिङ तथा युरोपियन असोसीएशन फर साइकोथेरपीका अनुसार लकडाउनले धेरै परिवारमा अभूतपूर्व दबाव सिर्जना गरिदिएको छ।