सुर्खेतमा नक्कली परिक्षार्थी एक जना पक्राउ

काठमाडौं,मंसिर २१। प्रहरीले वीरेन्द्रनगर नगरपालिका –७ स्थित लोक सेवा आयोगको कार्यालयबाट प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

 

अर्काको नाममा परीक्षा दिंदै गरेका एक नक्कली परिक्षार्थीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा हुम्ला सर्केघाट गाउँपालिका–४ बस्ने २२ वर्षीय राम शाही छन् ।

 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  उनको थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।