फाइजरले कोभिड खोप प्रयोग गर्न भारतसँग माग्यो अनुमति

एजेन्सी। औषधि उत्पादन कम्पनी फाइजरले भारतसँग आफूले बनाएको कोभिड खोपको आपतकालीन प्रयोगको लागि अनुमति मागेको छ।

भारतको औषधि नियामक ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियासँग फाइजरले अनुमति मागेको हो।

 

यो खोप बिक्री र प्रयोगका लागि बेलायत र बहराइनले अनुमति दिइसकेका छन्। प्रेस ट्रस्ट अफ इन्डियाको समाचारलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार फाइजरले ४ डिसेम्बरमा नियामक प्रमुख ९डीसीजीआई० लाई एक पत्र दिएको छ। पत्रमा खोपको आपतकालीन प्रयोगको अनुमति मागिएको छ।

 

फाइजर र बायोएनटेकले बनाएको उक्त खोपलाई पहिलोपटक गएको बुधबार बेलायतले अनुमति दिएको थियो। त्यहाँको नियामक निकायले तत्काललाई खोपको आपतकालीन प्रयोगका लागि अस्थायी अनुमति दिएको हो।

 

यो खोप ९५ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरिएको छ। यसलाई दुई पटक अर्थात दुई डोज दिनुपर्छ। यो खोपलाई गएको शुक्रबार बहराइनले पनि अनुमति दिएको घोषणा गरेको छ।

 

फाइजरले अमेरिकासँग पनि आपतकालीन प्रयोगका लागि अनुमति मागेको जनाइएको छ। तर, यसका केही खास चुनौतीका कारण प्रयोगमा कठिनाइ भएको बताइएको छ। यसलाई माइनस ७० डिग्री सेन्टिग्रेटमा भण्डार गर्नुपर्छ। विकासन्मुख र गर्मी देशमा यसको ओसारपसार र प्रयोेगमा समस्या हुने बताइएको छ।