नेपालमा थप ४३० जना कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस २८। नेपालमा थप ४३० जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३०० जनाको पिसिआर परिक्षणमा ४३० जनामा कोरोना संक्रमण देखिएको हो।

 

 हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ।  ३९० जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै  २ लाख ५९ हजार ३५८ जना व्यक्ति संक्रमणमुक्त भइसकेका छन्।

 

आज ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या  १ हजार ९३२ पुगेको छ।
आज देशभर ४ हजार ४०८ संक्रमित सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। २३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।     

   कुन जिल्लामा कति थपिए संक्रमित

गत २४ घण्टामा ४३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ४०८ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार प्रदेश १ को झापाका ६, मोरङका ५, संखुवासभाका एकजना र सुनसरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ को बाराका एकजना,रौतहटका एकजना र सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा २२१ जनामा कोरोना संक्रमण देखिएको छ ।  चितवनका १२, दोलखाका एकजना, धादिङका ३, नुवाकोटका ४, भक्तपुरका ९ मकवानपुरका २, रामेछापका २,ललितपुरका २९, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका एकजनामा कोरोना संक्रमण भेटिएको छ ।

 

गण्डकी प्रदेशको कास्कीका ७, गोरखाका एक, तनहुँका २,नवलपरासी पूर्वका ४, पर्वतका एकजना, लमजुङका एकजना र अर्घाखाँचीका २ जनामा कोरोना संक्रमण भेटिएको छ ।

लुम्बिनी प्रदेशको कपिलवस्तुका ३, दाङका ८, नवलपरासीका २, पाल्पाका २, प्युठानका एक, बर्दियाका १०, बाँकेका ५१, रुपन्देहीका १३ रोल्पाका २ र दैलेखका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा एकजनामा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एकजना, कैलालीमा ६, डडेल्धुरामा एकजना र बझाङ ५ जनामा कोरोना संक्रमण देखिएको छ ।