भलिबलकी कप्तान अरुणाले जितिन ‘पिपल्स च्वाइस अवार्ड’

काठमाडौँ,पुस २९। राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।

 

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड जित्न सफल भएकी हुन ।

 

जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितेकी हुन् ।

 

अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् ।