नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ २ । नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ ।

 

विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३९० जना निको भएर घर फर्किएका छन् ।

 

हालसम्म नेपालका दुई लाख ६६ हजार ८ सय १६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । निको भएका संक्रमितहरूको दर ९७।७ प्रतिशत छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को ओखलढुंगामा १ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा मात्र १ जनामा कोरोना भेटिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ९, चितवनमा ९, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ६, मकवानपुरमा १, ललितपुरमा २२ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

 पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा १, तनहुँमा २, नवलपरासीमा पूर्वमा ४, म्याग्दीमा १, बागलुङमा ३ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा १, पाल्पामा ३, बर्दियामा १, बाँकेमा १९ र रुपन्देहीमा ८ जनामा कोरोना पाइएको छ।

 

 पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा १ र कैलालीमा १ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र बाजुरामा १÷१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।