नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ ६।नेपालमा थप ३४८ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गर्दा ३४८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २१ हजार ७१४ पुगेको छ ।

 

मंगलबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ। हाल १९० जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा ४४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ।

 कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को ओखलढुंगामा एकजना, झापामा ४, तेह्रथुममा २, पाँचथरमा एकजना, मोरङमा ४, संखुवासभामा एकजाना र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ मा नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १५९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ११, चितवनमा ५, दोलखामा २,धादिङमा २, नुवाकोटमा १०, भक्तपुरमा २७, ललितपुरमा ३२ र सिन्धुपाल्चोकमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ३, नवलपरासीमा पूर्वमा एकजना, पर्वतमा २, म्याग्दीमा ३, र स्याङ्जामा एकजनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकजना, कपिलवस्तुमा एकजना, दाङमा ३, पाल्पामा ९, बर्दियामा ४, बाँकेमा ९ र रुपन्देहीमा ६ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको हुम्लामा एकजनामा एकजनामा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा एकजना, डडेल्धुरामा एकजना, डोटीमा एकजना, दार्चुलामा एकजनामा र बझाङमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।