नेपालमा थप ३१८ जना कोरोना संक्रमण पुष्टि,कुन जिल्ला कति थपिए संक्रमित

काठमाडौं,माघ ७। नेपालमा थप ३१८ जना कोरोना भइरसकाे संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ६९३ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २६ हजार ७२६ पुगेको छ ।

 

बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ। हाल १७२ जना क्वारेन्टाइनमा छन्।

 

गत २४ घण्टामा ३८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल १९८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १६५जना आइसियु र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 कुन जिल्ला कति थपिए संक्रमित

प्रदेश १ को इलाममा एकजना, झापामा २, सोलुखुम्बुमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै प्रदेश नम्बर २ मा पर्सामा ३ जना, महोत्तरीमा २, रौतहटमा एकजना र सप्तरीमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ११६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा १५, दोलखामा २,धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ३, मकवानपुरमा एकजना, ललितपुरमा २६ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा एकजना, तनहुँमा ११,नवलपरासीमा पूर्वमा एकजना, पर्वतमा ३, लमजुङमा २ र बाग्लुङमा ३ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३ जना, कपिलवस्तुमा ३ जना, गुल्मीका २, दाङमा ३, नवलपरासीमा ५, पाल्पामा ७, प्युठानमा एकजना, वर्दियामा ५, बाँकेमा २३ र रुपन्देहीमा १४ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको हुम्लामा एकजनामा एकजनामा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा १८जना, कञ्चनपुरमा ३, बाजुरामा एकजना र बैतडीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।