भारतले १० लाख डोज कोरोना खोप नेपाललाई दिने

काठमाडौं,माघ ७। भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भएको छ ।

 

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी खोप उपलब्ध गराउने जानकारी दिएका हुन्।

 

नेपाललाई भारतले कोभिसिल्ड नामक खोप अनुदानमा उपलब्ध गराउने भएको हो ।

 

पत्रकार सम्मेलनमा खोप भोलि नेपाल आइपुग्ने जानकारी दिईएको छ । खोप कोरोना महामारीकोविरुद्ध फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षार्मीलाई प्राथमिकता दिइने छ ।