नेपालमा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ ८ ।नेपालमा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ५ हजार ३० नमुना परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । उनीहरुमध्ये २ लाख ६२ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् भने १९७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को ओखलढुंगामा ३, झापामा ४, धनकुटामा एकजना, संखुवसभामा एकजना, सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै प्रदेश नम्बर २ को धनुषामा २ जना र सप्तरीमा एएकजनामा कोरोना संक्रमण देखिएको छ ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १२, धादिङमा एकजना, नुवाकोटमा १२, भक्तपुरमा १६, मकवानपुरमा २, ललितपुरमा ३६ र सिन्धुपाल्चोकमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा एकजना, तनहुँमा २, नवलपरासीमा पूर्वमा २, पर्वतमा ४, लमजुङमा एकजना, बाग्लुङमा ७ र स्याङ्जामा एकजनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकजना, कपिलवस्तुमा २ जना, गुल्मीका ४, दाङमा ४, नवलपरासीमा एकजना, प्युठानमा एकजना, वर्दियामा २, बाँकेमा ७, रुपन्देहीमा ५ र रोल्पामा एकजनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको जाजरकोटमा एकजना, जुम्लामा एकजना र सुर्खेतमा एकजनामा कोरोना संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ३, बझाङमा ७ र बाजुरामा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।