प्रतिनिधिसभा विघटनबारे वकिलको प्रश्नपछि राजपत्रमा प्रकाशित सूचना माग

काठमाडौं,माघ ८।संसद विघटनको मुद्दामाथिको बहस संवैधानिक इजलासमा जारी छ ।बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।

 

आज मुद्दामाथि बहसका क्रममा रिट निवेदकका अधिवक्ताले प्रतिनिधि सभा विघटन सदर गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सूचना मागेका हुन् ।