कोरोना खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याइ सक्ने

???????? ?????? ????????? ???
sf7df8f}F, * df3M
lqe”jg cGt//fli6«o ljdfg:yndf laxLaf/ :jf:Yo tyf hg;ªVofdGqL x[bo]z lqkf7L / g]kfnsf nflu ef/tLo /fhb”t ljgodf]xg Sjfqf g]kfnnfO{ ef/t ;/sf/n] cg’bfgdf pknAw u/fPsf] sf]/f]gf efO/;lj?4sf] vf]ksf ;fydf . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं,माघ ९। भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याउने तयारी गरेको छ ।

 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप बिहीवार बिहान एयर इन्डियाको विमानबाट नेपाल आइपुगेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेपछि त्रिभुवन विमानस्थलबाट खोप सोझै टेकु अस्पतालको केन्द्रीय खोप भण्डारणमा लगिएको छ ।

 

खोप आएपछि त्रिभुवन विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप भण्डारणदेखि लगाउनेसम्मको सबै तयारी पूरा भइसकेको बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालयले खोप लगाउन तथ्यांक संकलन, खोप भण्डारण व्यवस्थापन र खोप लगाउने सबै तयारी पूरा भइसकेको छ ।

 

प्राप्त खोप केन्द्रले प्रदेशमा र प्रदेशबाट उक्त खोप सबै जिल्लामा पुर्‍याइने खोप व्यवस्थापनका लागि खोप नियन्त्रण महाशाखाका प्रमुख झलक शर्मा गौतमले बताए ।

 

खोप भण्डारणका लागि पर्याप्त पूर्वाधार भएको बताउँदै उनले भण्डारणमा कुनै समस्या नरहेको बताए । उनका अनुसार प्राप्त खोप रेफ्रिजेरेटर भ्यानमा हालेर काठमाडौंबाट प्रदेश र प्रदेशबाट सबै जिल्लामा पठाइनेछ । केन्द्रमा हाल तीनओटा मात्र रेफ्रिरेजेटरसहितका भ्यान सञ्चालनमा रहेकाले खोपको ढुवानी भने सहज नहुने देखिन्छ ।

 

भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको कोभिडसिल्ड खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको हो ।

 

भारतले सोमवार मात्र आफूले उत्पादन गरेको खोप बिहीवारदेखि छिमेकी मुलुकमा पठाउने निर्णय गरेकोमा सोहीअनुसार १० लाख डोज खोप अनुदानस्वरूप नेपाल पठाइएको हो ।

 

उक्त खोप माइनस २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने हुँदा जिल्लाका सामुदायिक भण्डारण केन्द्रमा समेत भण्डारण गर्न सकिने खोप व्यवस्थापनका लागि खोप नियन्त्रण महाशाखाका प्रमुख गौतमले बताए । हाल देशभर ११ हजार सामुदायिक भण्डारण केन्द्र सञ्चालनमा रहेका छन् ।