आज यी प्रदेशमा कतै सामान्य त कतै आंशिक बदली हुने,पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

काठमाडौं,माघ १०। हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।

 

तराईका भू–भागहरुमा हुसु् र कुहिरो लागेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतय सफा रहेको छ ।

 

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।त्यस्तै प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना छ ।

 

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ।सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

त्यसैगरी आज राती सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । प्रदेश न १ र बागमती प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

 

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।