नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ १० ।नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३५४१ नमुना परीक्षण गर्दा ९१ महिला र १४१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ७३४ जना निको भएका छन् भने १९९४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

हाल देशभर ३ हजार ४५२ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ७७८ जना संस्थागत आइसोलेसनमा छन् भने १४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

 प्रदेश १ को कुनै पनि जिल्लामा कोरोना संक्रमित भेटिएका छैनन्। प्रदेश २ को धुनषामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १ र सर्लाहीमा २ जनामा कोरोना भेटिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ८० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ४३, दोलखामा १, धादिङमा २, भक्तपुरमा ९, मकवानपुरमा १, ललितपुरमा २० र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १७, गोरखामा २, नवलपरासीमा पूर्वमा ४, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ४, नवलपरासीमा ३, पाल्पामा ८, प्यूठानमा १, बाँकेमा ८, बर्दियामा १ र रुपन्देहीमा १० जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कैलालीमा १ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।