नेपाल टेलिकमको सामान लुटपाटमा संलग्न ६ जना पक्राउ

काठमाडौं,माघ ११। नेपाल टेलिकमको टावरमा जडान गरिएको सामग्री तथा मोटरसाइकल लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।

टेलिकमको टावरका सामान हराउने तथा मोटरसाइकल चोरीका घटना बढेपछि सप्तरी प्रहरीले चलाएको सर्च अभियानमा पक्राउ परेका ६ जनालाई आज सार्वजनिक गरिएको हो ।

 

विभिन्न ठाउँमा गरिएको सर्च अपरेसनमा उनीहरुलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए ।

 

पक्राउ परेका सबैलाई अहिले सप्तरी जिल्ला अदालतबाट १० दिन म्याद थप गरी डाका मुद्दामा आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।