पूर्वमाओवादी लडाकुलाई सम्मान गर्ने निर्णयप्रति डा.भट्टराईको कडा टिप्पणी: ‘पोहोर मरिन् सासू ऐले आयो आँशु’!

काठमाडौँ,माघ १२।  जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वमाओवादी लडाकुलाई ‘लोकतन्त्र योद्धा’का रूपमा सम्मान गर्ने सरकारले गरेको निर्णयप्रति कडा टिप्पणी गरेका छन् ।

 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सबै जनआन्दोलन तथा जनयुद्धका सहिद तथा प्रभावितका परिवारलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो ।

 

यही निर्णयलाई पूर्वप्रधानमन्त्रीसमेत रहेको डा.भट्टराईले ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ को संज्ञा दिएर कडा टिप्पणी गरेका हुन्।

उनले लेखेका छन् ।