आज यी प्रदेशमा मौसमको पश्चिमी वायुको सामान्य प्रभाव कायमै

काठमाडौं,माघ १३ । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । हाल देशका पूर्वी पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो देशका प्रदेश न.१ र गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

 

त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

 

आज राती प्रदेश नं। १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागहरूको मौसममा आंशिक बदली रहने सभावना छ ।देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।