आज मिति २०७७ साल माघ १८ गते आइतबार भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुस्

मेष- मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । आज काल योग परेकाले सवारी साधन चलतथा टेक्निकल क्षेत्रसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने यउँदा तथा यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढि नै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ ।

 

वृष – वृष राशि भएकाहरूका लागि आज समय खराब छ । प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला । मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

मिथुन – मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्य आम्दानि गर्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ ।

 

कर्कट- कर्कट राशिका लागि आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यावसायमा थप लगानी गर्ने वाताबरण बन्नेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । आफन्त तथा आत्मीय मित्रका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ तर स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

 

सिंह – सिंह राशि भएकाहरुका लागि आजको समय सबै प्रकारले शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्यदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाई नै अग्रपंक्तिमा आउनुहुनेछ । शैक्षिक परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसलाई शिक्षाको पहुँचमा जोड्न सकिने छ । आज वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

 

कन्या –कन्या राशि भएकाहरूका लागि आज समय खराब छ । काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिएर पनि नतिजा आँफैतर ल्याउन कठिन हुनेछ । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन केही समय पर्खनुपर्ने देखिन्छ ।

 

तुला – तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ भने व्यापार कै शिलशिलामा रमाईलो यात्रा हुनेछ । पढाई लेखाईमा खर्चिएको समयबाट भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो झनै कस्सिने योग छ । घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ ।

 

वृश्चिक –वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । आश्वासन बाँढ्ने तथा काम गर्दिन्छु भनेर पैसा माग्नेदेखि सजक रहनुहोला । काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ । आज काल योग परेकाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने जीवन साथीसँगको सम्बन्धमा चिसोपनाको विकास हुन सक्नेछ, सतर्क हुनुहोला ।

 

धनु –धनु राशिका लागि आज पनि समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला किनकि स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तानसँग पनि मनमुटाव बढ्ने देखिन्छ ।

 

मकर –मकर राशि भएकाहरूका लागि आज समय राम्रो रहने छैन । समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाईनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो दुरीको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी भूमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । मान्यजनको सुझाबलाई शिरोपर गरेर अगाडि बढे आंशिक मात्रामा लाभ प्राप्त हुनेछ ।

 

कुम्भ-कुम्भ राशिका लागि पनि आज दिन तथा समय राम्रा छन् । आज थालिएका जुनसुकै कामबाट भनेजस्तै आम्दानी हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ ।

 

मीन –मीन राशि भएकाहरूका लागि आज शुभ छ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँदा गन्तब्य पहिल्याउन सहज हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको योग रहेको छ भने विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । आज काल योग परेकाले सकभर यात्रा नगर्नुहोला त्यसमा पनि उत्तर दिशाको यात्रा राम्रो हुनेछैन । आर्थिक कारोबार हुन सक्नेछ । पाउनुपर्ने धन पनि प्राप्त हुनेछ ।