आज यी प्रदेशको मौसम यस्तो छ !

काठमाडौं,माघ १८। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय,जल तथा मौसम विज्ञान विभागले आजको मौसम बुलेटिन जारी गरेको छ।

हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था देशको पहाडी भुभागका थोरै स्थानहरुमा र तराईका अधिकांश भुभागहरुमा हुस्सुरकुहिरो लागेको छ भने बांकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 

आज दिउँसो प्रदेश न.१ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भुभागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।

 

त्यस्तै राती देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भुभागका एकदुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।

 

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भुभागका एकदुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको साथै तराईका भूभागहरुमा बिहानीपख हुस्सु्रकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।