केन्द्रीय कारागार सुनधाराका ७८३ जना कैदीबन्दीलाई कोरोना खोप लगाइयो

काठमाडौं,माघ १८। केन्द्रीय कारागार सुनधाराका ७ सय ८३ जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। पहिलो चरणको खोप अन्तर्गत चौथो दिन (शनिबार) उनीहरूलाई खोप लगाइएको हो।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कैदीबन्दी र वृद्धाश्रम रहेकालाई पनि खोप लगाउन शुरू गरिएको छ।

 

कारागारका कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई पनि खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय काठमाडौंकी कोभिड १९ व्यवस्थापन फोकल पर्सन पार्वती विष्टले जानकारी दिइन्।

 

काठमाडौंमा ३१ सय १७, भक्तपुरमा ७९ र ललितपुरमा ६ सय ७६ जनाले खोप लगाएका छन्। त्यसैगरी, मुलुकभर चौथो दिनसम्म १४ हजार ८ सय ९४ ले खोप लगाएका छन्। हालसम्म देशभर ६४ हजार ४ सय २२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ।