नेपालमा थप १ सय ५ जना कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ १८। नेपालमा थप १ सय ५ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २९ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७१ हजार ७ पुगेको छ।

 

आइतबार थप २ जनाको मृत्यु भएको छ। यो सँगै कुल संक्रमित मृतकको संख्या २ हजार २९ पुगेको छ। हाल १ सय २ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा २ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल १ सय ६८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ४३ जना आइसियु र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को मोरङमा र प्रदेश २ को सप्तरीमा १÷१ जनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ६० जनामा कोरोना पुष्टि भएको छ।

 

चितवनमा १, भक्तपुरमा २, रसुवामा १, ललितपुरमा ६ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा १, तनहुँमा ४, पर्वतमा १, म्याग्दीमा ३, बागलुङमा ५ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको कपिलवस्तुमा ३, पाल्पामा १ र बाँकेमा २ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ।