नेपाली कांग्रेकले ल्यायो देशभरका ६० लाख युवालाई गरिखाने कार्यक्रम

काठमाडौं,माघ १८ । नेपाली कांग्रेसले गरिखाने कार्यक्रमको उद्योगी विनोद चौधरीको संयोजकत्वमा देशव्यापी उद्यमशिलताको विकास तथा रोजगारीको सृजना गर्ने उदेश्यले कार्यक्रमको सुरुवात गरेको जनाएको छ।

 

शीप, पूँजी, प्रविधि, बजारसंग जोड्ने र रोजगार हुन चाहनेलाई शीप र रोजगारसंग आवद्ध गराइने अभियानको उदेश्य रहेको नेपाली कांग्रेसका सांसद तथा कार्यक्रमका संयोजक विनोद चौधरीले जनाएका छन । यस्तै उनले देशभरका ६० लाख युवालाई कार्यक्रममा समेट्ने उदेश्य रहेको बताएका छन ।

 

नेपाली कांग्रेसले राष्ट्रव्यापी उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ गरिखाने कार्यक्रम अभियानको रुपमा शुरुआत गरेको छ ।

 

उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरी संयोजक रहेको यस अभियानले स्वनिर्भर, उद्यमशील, आर्थिक हिसावले सवल र सक्षम बनाउँदै यस अभियानमा ६० लाख युवा समेट्ने लक्ष्य लिइएको छ ।

उद्यमशील बन्न चाहनेलाई शीप, पूँजी, प्रविधि, बजारसंग जोड्ने र रोजगार हुन चाहनेलाई शीप र रोजगारसंग आवद्ध गराइने अभियानको मुख्य उद्धेश्य हो। अभियानबाट राष्ट्रिय अर्थतन्त्रमा सबल, सुदृढ, समावेशी र दीगो आर्थिक वृद्धिदरको मार्ग प्रशस्त गर्ने विश्वास छ ।

 

नेपाली कांग्रेस, लगानी, पूर्वाधार र रोजगार: दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिमार्फत यो अभियान सुरु गरिएको हो ।

 

कोरोना भाइरसको महामारी पश्चात् उद्यम, व्यवसाय र व्यापार गर्ने सोंच भएका, व्यवसाय सञ्चालन गर्दै आएका र यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएका व्यक्ति वा समूहलाई वित्त, पूँजी, प्रविधि र बजारमा पहुँच स्थापित गर्नुका साथै रोजगारी सिर्जना गर्न अभियान क्रियाशील हुने बताएको छ ।

 

गरिखाने अभियानलाई देशभर सञ्चालन गरेर उद्योग छहारी, रोजगार छहारी, कृषि चौतारी र विदेशमा सिकेका शिपलाई उपयोग गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिइएको छ ।

युवाहरुलाई रोजगारीसंग जोड्न नसके भयाभह अवस्था आउन सक्ने भएकाले यसलाई रोक्न र मुलुकलाई वर्वाद हुनबाट जोगाउन अभियान सञ्चालन गरिएको बताइएको छ ।