क्रान्तिकारी माओवादीलगायत ४ कम्युनिस्ट पार्टीहरूबीच बनेको रणनीतिक संयुक्त मोर्चाको घोषणा सभा भब्यताका साथ सम्पन्न
काठमाडौं,माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायतका ४ कम्युनिस्ट पार्टीहरूबीच बनेको रणनीतिक संयुक्त मोर्चाको घोषणा सभा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा सभ्य तथा भब्यताका साथ सम्पन्न भएकाे छ ।
घोषणासभामा ४ दलका नेताहरूले शहीदहरूको रगतमा टेकेर बर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा दलाल पूजिपति राज ब्यबस्था फ्याकेर जनताको जनवादी तथा बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने सामुहिक उद्घोष गरे । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा रणनितिक संयुक्त मोर्चाको अभ्यास पहिलो पटक नेपालमा हुदैछ ।
यो रणनीतिक संयुक्त मोर्चा सच्चा क्रान्तिकारी कम्युनिस्टहरू बीचको पार्टी एकताको प्रारूप पनि हो । यो रणनीतिक संयुक्त मोर्चाको घोषणाबाट अन्य क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूपनि मोर्चामा आबध्द हुन लामबध्द भएका छन् ।
त्यस्तै महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका छन् ।
बिहीबार चार कम्युनिष्ट पार्टीहरुको रणनैतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रतिनिधिसभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका छन् ।
सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उनको भनाइ छ।उनले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताए।
बिहीबार मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् ।
मोर्चाले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य, संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य राखेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यले बताएका छन्।
मोर्चाले क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने र जनजिविकाको समस्या समाधान गर्न निरन्तर संघर्ष गर्ने पनि उनको भनाइ छ ।
रणनैतिक संयुक्त मोर्चाले पहिलो चरणको आन्दोलन पनि घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार, माघ २९ गते काठमाडौंमा मोर्चाको घोषणा सभा, फागुन ६ गते बुटवलमा, फागुन १४ गते धनगढीमा, फागुन १८ गते इटहरीमा जनसभा सभा गर्ने पनि माेर्चाले जनाएकाे छ।
रणनीतिक संयुक्त मोर्चाको घोषणापत्र निम्नअनुसार छः