राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन फाराम खुला (सुचानासहित)

काठमाडौं,फागुन ३। राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको १२ कक्षामा पढ्ने विद्यार्थीहरुलाई परीक्षा आवेदन फाराम भर्न अनुरोध गरेको छ । बोर्डले सूचना जारी गर्दै परीक्षा आवेदन फर्म भर्न सम्बन्धित सबैलाई सुचित गरेको हो ।

 

कक्षा १२ का नियमित, ग्रेड वृद्धि आंशिक परीक्षार्थीहरूको विद्यार्थीलाई बोर्डले परीक्षा आवेदन भर्न आग्रह गरेको हो ।

 

सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा कक्षा १२ मा अध्ययन गरी २०७८ सालमा संचालन गरिने वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धिको परीक्षा दिन चाहने विद्यार्थीले पनि सो फाराम भर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

 

बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भरी सम्बन्धित विद्यालयमार्फत आगामी चैत २२ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा आवेदन पेश गर्न बोर्डले विद्यार्थी र सम्बन्धित विद्यालयहरुलाई सूचित गरेको छ ।

 

त्यस्तै ११ कक्षाका विद्यार्थीहरुलाई रजिष्टेशन आवेदन फाराम भर्न पनि बोर्डले सूचित गरेको छ ।

 

शैक्षिक सत्र २०७७/७८ मा ११ कक्षामा भर्ना भएका विद्यार्थीहरुले पाठ्यक्रम विकास केन्द्रको मिति २०७७/०६/०२ गतेको सूचना बमोजिम तोकिएको भर्नाका आधारलाई पालना गरी रजिष्टेशन आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।

सुचाना –