आज मिति २०७७ साल फागुन ४ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा सफलता मिल्नेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आज शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज रमाईलो यात्रा तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ । सामाजिक सेवामा नलाग्नुमै उचित हुनेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ कमको थालनी समेत हुने देखिन्छ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज आदर्श ब्यक्तित्त्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल