संसद विघटनलाई सामान्य रुपमा लिनु हुदैन:सीके राउत

काठमाडौँ,फागुन ९। जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनको घटनालाई आफुले सोच्नै पर्ने बाध्यात्कम अवस्थाका रुपमा लिएको बताएका छन्।

 

रूपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता राउतले संसद विघटनको घटनालाई सामान्य रुपमा लिन नसकिने बताएका हुन्।

 

उनले मुलुकको विकास नभई भ्रष्टाचार र अस्थिरता बढेको बताए । उनले भने,‘जनताले मुलुकको विकास गर,स्वदेशमै रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर मत दिएर पठाएका हुन् ।

 

तर सरकारले त्यसअनुसार काम गर्न सकेन। हामीले धेरै व्यवस्था भोग्यौं, सबैभन्दा राम्रो व्यवस्था भनिएको संघीयतामा पनि अस्थिरता भयो । नेपालमा सबै किसिमका व्यवस्था फेल हुँदै गएकाले जनता निराश हुन बाध्य भएका छन्।

 

नेता राउतले जनताले दुई तिहाइ मत दिएको अवस्थामा प्रधानमन्त्रीले काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको बताए।