क्रान्तिकारी माओवादी जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्च विस्तार अभियान तीव्र,एकैदिन ६ जिल्लाको सम्पर्क विस्तार

काठमाडौं,फागुन ९ । नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्चले सम्पर्क बिस्तार अभियान तीव्र बनाएको छ । एकै दिन सम्पर्क मञ्चले छ वटा जिल्लामा सम्पर्क विस्तार गरेकाे छ।  

 

ललितपुरको कुपोन्डोलमा सम्पन्न सम्पर्क विस्तार कार्यक्रमले ३ नं प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे र ७ नं प्रदेशको बझाङ समेतको जिल्ला–उपत्यका सम्पर्क मञ्च बिस्तार गरेको छ।

 

सम्पर्क मञ्चका केन्द्रीय संयोजक विष्णु खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)पार्टी पाेलिटव्यूराे सदस्य एवं ३ नं प्रदेश इन्चार्ज क.सागर,पाेलिटव्यूराे सदस्य क.प्रभाकिरण,केन्द्रिय सदस्यहरू क.वसन्त, क. गगन,क. सानु, त्यस्तै जिल्ला पार्टीका सेक्रेटरीहरू दोलखा क.गोविन्द, रामेछाप क. लाङघालि, काभ्रे क.टंकराम लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे।

 

त्यस्तै शहिद परिवार सदस्य खेजराज न्यौपाने, राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष जितेन्द्र दाहालको समेत उपस्थिति रहेकाे विष्णु खड्काले जानकारी दिनु भयाे। 

 

 कार्यक्रमका प्रमुख अतिथि क. सागर र अतिथि क. प्रभाकिरणले पार्टीकाे गतिविधि बारे प्रशिक्षण मन्तव्य राख्नु भएको थियो ।सम्पर्क मञ्च विस्तार गरिएका ६ जिल्लाका उपत्यका सम्पर्क मञ्चका संयोजकहरुले प्रतिबद्धता मन्तव्य समेत  राखेका थिए।

 

कार्यक्रमको सञ्चालन मञ्चका सचिव धर्मराज बिसीले गरेका थिए भने मञ्चका केन्द्रीय सदस्य गणेश घिमिरेले शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा मञ्चका केन्द्रीय नेताहरु अर्जुन बोगटी र चन्देश्वर पण्डितको समेत उपस्थिति रहेको संयोजक विष्णु खड्काले जानकारी दिनु भयो।