आज यी प्रदेशमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,फागुन १२। हाल देशभरको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। हाल देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली भएको छ।

 

देशका अन्य भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज दिउँसो देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ।

 

प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

 

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।