नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि,थप ७१ जना डिस्चार्ज

काठमाडौं,फागुन १२। नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ६९२ जनाको पिसिआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा भक्तपुरमा २, लतिलपुरमा १२ र काठमाडौंमा ३३ जना गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

योसँग नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ। यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ।

 

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ भने हाल ६३ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७१ जना उपचारपछि डिस्चार्ज भएका छन्।

 

हालसम्म ९८ दशमलब ७ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७० हजार १३९ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ६६ जना पुगेको छ।

 

यस्तै, देशभर हाल ५५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र जना भेन्टिलेटरमा छन्। ४४ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।