संघीय जनगणतन्त्रको स्थापना अपरिहार्य’ संसदको पुनर्स्थापनाले संकटको समाधान हुँदैन् :मोहन वैद्य (किरण) प्रेस वक्तव्यसहित

काठमाडौं,फागुन १२। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले संसद पुनर्स्थापना हुँदैमा संसदीय व्यवस्थाभित्र देखिएको संकट समाधान नहुने बताउनु भएको छ ।

 

महासचिव किरणले पार्टीको धारणा सार्वजनिक गर्दै मंगलबारको अदातलको फैसलाले केपी ओलीको निरंशकुश फासीवादी कदमलाई असफल तुल्याइदिए पनि संसदको पुनर्स्थापनाले संकट समाधान नहुने दावी गर्नुभएको छ।

 

बुधबार जारी प्रेस वक्तव्यमा महासचिव किरणले संसदीय व्यवस्थाका करण उत्पन्न राजनीतिक संकट र मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधानका लागि संघीय जनगणतन्त्रको स्थापना अपरिहार्य रहेको उल्लेख गरिएको छ।

 

महासचिव किरणले संसदीय व्यवस्थाले नेपालको राजनीतिक समस्याको हल गर्दैन भन्ने धारणा सार्वजनिक गर्दै देशमा अब संघीय जनगणतनान्त्रिक राजनीतिक व्यवस्थामा जानुको विकल्प नभएकोमा जोड दिनु भएको छ।

प्रेस वक्तव्य-