संसद अधिवेशन फागुन २२ वा २३ गते बोलाउने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं,फागुन १४ ।  संसद अधिवेशन आगामी फागुन २२ वा २३ गते भित्रै बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे तयारी रहेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने बाध्यात्मक अवस्था रहेकाे छ।

सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको  बताएका छन् ।

 

ओली निकट नेता तथा नेकपा ओली पक्षबाट प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले प्रधानमन्त्री ओलीसँगको भेटमा आगामी फागुन २३ गतेभित्र संसद बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएको आफुले पाएको जानकारी दिएका छन् ।

 

त्यस्तै संसद बैठक आव्हान भइसकेपछि विपक्षीहरूको भुमिका हेरेर थप रणनीति बनाउने ओली पक्षको तयारी रहेको सो पक्षका नेताहरुले बताएका छन्।

 

शुक्रबार ओलीले बालुवाटारमा आफु निकटका नेताहरूसँगको भेटमा फागुन २२ वा २३ मा संसद बैठक बस्छ । संसद बैठक बसेपछि जसले हटाउन खोजेको हो उहाँहरु कुन रणनीति अनुसार प्रस्तुत हुनुहुन्छ हामी त्यही अुनसार अघि बढिन्छ, प्रतिवाद गरिन्छ।

 

उनले पार्टीभित्र समस्या रहेको भन्दै आफुले मुलुकको स्थायित्व र विकासका काम गर्न खोज्दा नदिएको भन्दै अब आउने चुनौतीलाई फेस गर्दै जाने बताएका थिए ।