आज यी प्रदेशमा मेघगर्जन तथा चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं,फागुन १५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।

 

 

हाल मौसमको अवस्था देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराइका थोरै स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको देखीन्छ।

 

 

आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

 

 

त्यस्तै आज राती देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक – दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

 

 

देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षा साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको संम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।