आज मिति २०७७ साल फागुन १६ गते आइतबार भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा केही पैसा हातपर्न सक्छ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । भोज भतेरमा सहभागी भईनेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पईनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा पनि सफलता पाईनेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- छोटो दुरीको लाभदायक यात्रा रहला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । लाभदायक यात्रा रहला ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । शेयर बजारको कारोबारमा पनि सफलता मिल्न सक्छ । – ज्यो।प। नारायणप्रसाद दुलाल