आज यी प्रदेशमा सामान्य बदली, मेघगर्जन र चट्टयाङसहित,उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं,फागुन १६। हाल देशभरको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। हाल देशका पहाडी भू–भागहरुको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।

 

देशका अन्य भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो प्रदेश १ का पहाडी भू–भागको मौसममा सामान्य बदली हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ।

 

देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ।

 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।त्यसैगरी आज राती प्रदेश १ का पहाडी भू–भागहरुको मौसममा सामान्य बदली हुने सम्भावना देखिएको छ।

 

बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

 

प्रदेश १ का पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।