आज मिति २०७७ साल फागुन १८ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज रोकिएको धन पाइनसक्छ । घरमा अतिथीको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

 

 

तुला रि, रु, रे, रो, ता, ति, तु, ते- आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- बन्न लागेको काम विग्रिनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउनेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- भाग्यले विभिन्न अवसर जुराउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । – ज्यो।प। नारायणप्रसाद दुलाल