क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष पाण्डेलाई मातृशोक

काठमाडौं,फागुन १९ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेशका संयोजक पत्रकार रवि पाण्डेलाई मातृशोक परेको छ ।

 

नेपाल पत्रकार महासंघका नवलपरासी शाखाका कोषाध्यक्ष, वर्दघाट दैनिक, स्थानीय साप्ताहिकका प्रकाशक रसम्पादक समेत रहेका रवि पाण्डेयकी ममतामयी आमा पार्वतीदेवी पाण्डेयको ६२ बर्षको उमेरमा निधन भएको छ ।

 

फोक्सोमा निमोनिया भएर काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा सघन कक्षमा उपचारको क्रममा सुधार नआएपछि चिकित्सकको सल्लाह बमोजिम घर लैजाने क्रममा बाटोमा निधन भएको पत्रकार पाण्डेले जानकारी दिनुभयो।

 

उहाँको आजै त्रिवेणी घाटमा अन्त्यष्टी गरिने छ । दिवंगत पार्वतीदेवीका दुई छोरा र चार छोरी हुनुहुन्छ । पत्रकार पाण्डे जेठो छोरा हुनुहुन्छ ।

शाेक वक्तव्य-