सरकारद्वारा विप्लव नेकपामाथिको प्रतिबन्ध फूकुवा

काठमाडौं,फागुन २०। सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। सरकारले विप्लव नेकपासँग ३ बुँदे सहमति अनुमोदन गर्दै विप्लवमाथिको प्रतिबन्ध फुकुवा गरेको हो।

 

बिहीबार खानेपानी मन्त्री मणि थापाले सरकार र विप्लव नेकपाबीच भएको समझदारीमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख गरेका थिए। सोही अनुरुप मन्त्रिपरिषद्को बैठकले फुकुवा गर्ने निर्णय गरेको हो।