काठमाडौंका यी ३५ स्थानबाट कोरोना खोप लगाइँदै,कुन नगरका स्थानीयले कहाँ पाउँछन् खोप

काठमाडौं,फागुन २०। दोस्रो प्राथमिकतामा परेकाहरुलाई लक्षित गरि आइतबारदेखि सुरु हुन लागेको कोरोनाविरुद्दको खोप कार्यक्रमका लागि काठमाडौं जिल्लामा ३५ वटा खोप केन्द्र तोकिएको छ।

 

स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरभित्र १३ सहित काठमाडौं जिल्लाका ११ वटा नगरमा ३५ वटा खोप केन्द्र निर्धारण गरेको हो।

 

जसमा काठमाडौं महानगरभित्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, श्री विरेन्द्र अस्पताल, स्तुपा अस्पताललाई खोप केन्द्र तोकिएको छ।

 

यस्तै हिमाल अस्पताल, ओम हस्पीटल एण्ड रिसर्च सेन्टर, क्षेत्रपाटी निशुल्क चिकित्सालय र विपि आँखा अस्पताललाई पनि काठमाडौं महानगरभित्रका लागि खोप केन्द्र तोकिएको छ।

 

कागेश्वरी मनोहरामा मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ। गोकर्गोश्वरमा नेपाल मेडिकल कलेज, गोकर्ण प्राथमिक अस्पताल र शंकरापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ।

 

यस्तै शंकरापुरमा सुष्मा कोइराला अस्पताल, इन्द्रायणी प्राथमिक स्वाथ्य अस्पताल र लप्सीफेदी स्वास्थ्य चौकीलाई खोप केन्द्र निर्धारण गरिएको छ।

 

बुढानिकण्ठमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र करुणा अस्पताल, चुनिखेललाई खोप केन्द्र बनाइएको छ। यस्तै टोखा नगरपालिकामा ग्राण्डी अस्पताल र टोखा चण्डेश्वरी अस्पताललाई खोप केन्द्र तोकिएको छ।

 

नागार्जुनमा रामकोट प्राथमिक स्वास्थ्य केन्द्र र सितापाइला स्वास्थ्य चोकी, तारकेश्वरमा धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ।

 

चन्द्रागिरी नगरपालिकामा चन्दागिरी प्राथमिकत अस्पताल, शशस्त्र प्रहरी अस्पताल, सतुंगल स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ।

 

किर्तिपुरमा आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, विष्णु देवी अस्पताल र पाँगा स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ।

 

यस्तै दक्षिणकालीमा शेष नारायण स्वास्थ्य चौकी र चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई खोप केन्द्र निर्धारण गरिएको छ।

 

सरकारले फागुन २३ गते आइतबारदेखि देशभरका विभिन्न खोप केन्द्र मार्फत ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने घोषणा गरिसकेको छ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाइने र १० दिनपछि अर्थात चैत ४ गतेदेखि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप लगाइने जनाएको छ।