आज यी प्रदेशका केही स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं,फागुन २१। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

 

आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भूभागहरुको एकरदुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको छ ।

 

त्यस्तै राती देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भूभागहरुको एकरदुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको छ ।