आज एउटै मञ्चबाट प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्दै

काठमाडौं,फागुन २१। नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमति भएको छ। सहमतिको विस्तृत विवरणसहित आज एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेकपाका महासचिवले सम्बोधन गर्ने भएका छन्।

 

बिहीबार जारी प्रेस नोटमा उल्लेख भए अनुसार आज २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको हो।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको हो। सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आउन सहमति भएको छ।

 

सहमतिसँगै सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध पनि हटाएको छ। सरकारले विप्लव नेकपाका पक्राउ परेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको रिहाइ र मुद्दा खारेजी गर्ने सहमतिसमेत भएको छ।