हवाई टिकटको २ हप्तामै भाडा बढ्यो: कुन जिल्ला जाँदा कति छ ?(सूचीसहित)

काठमाडौं,फागुन २१ । स्वचालित मूल्य प्रणालीअनुसार २ हप्तामै इन्धनको मूल्य बढेपछि हवाई सेवाप्रदायक कम्पनीहरूले हवाई टिकटको मूल्य पनि बढाएका छन् । शुक्रवार (आज)देखि लागू हुने विभिन्न सेक्टरमा न्यूनतम  ३५ देखि अधिकतम  २२० सम्म भाडा बढेको छ ।

 

नेपाल आयल निगमले यही फागुन ४ गते हवाई इन्धनको मूल्य  ६७ पुर्‍याउँदा हवाई भाडा समायोजन गरेको वायु सेवा सञ्चालक संघले बिहीवार नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

 

इन्धनको मूल्य बढेसँगै फागुन १७ गतेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर   ७२ पुगेको छ । हवाई शुल्क यात्रुहरूले तिर्ने कुल रकमबाट नै असुलिन्छ । संघले प्रतिलिटर  ५ ले बढेकाले स्वचालित प्रणालीअनुसार नै फ्युल चार्ज पनि घटबढ हुने उल्लेख गरेको छ ।

 

यससँगै सबैभन्दा बढी वृद्धि हुनेमा काठमाडौं–धनगढी सेक्टर रहेको छ । यस सेक्टरको नयाँ सरचार्ज २२० ले वृद्धि भई  ३ हजार १८० कायम भएको छ भने काठमाडौं–माउन्टेन सेक्टरको सरचार्ज १७० ले बढेर  २ हजार ४७० पुगेको छ ।

 

सबैभन्दा कम भने डोटी–साँफेबगर सेक्टरको रहेको छ । यस सेक्टरमा सरचार्ज  २० ले बढेर ३०० पुगेको छ । अधिकांश सेक्टरको सरचार्ज  ४० देखि ६० ले बढेको संघको जारी सूचनामा उल्लेख गरिएको छ ।